हल्दिबारी डटकम
Hover Ad Article
कृषि
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

जलथल जङ्गल लकडाउन , पसे बन कानुन अनुसार कार्वाही

कोरोना भाइरसबाट उत्पन्न असहज परिस्थितिको फाइदा उठाउदै तस्करी तथा चोरी सिकारी बडेपछी जलथल जङ्गललाई लकडाउन गरिएको छ।

Advertisement

एसियाकै जैविक विविधता भएको जलथल जङ्गल सग आवद्ध २२ वटा सामुदायिक वन समिति र तिनीहरुका ४ वटा स्थानीय महासघको हल्दिवारीमा बसेको आपतकालिन बैठक उक्त निर्णय गरेको हल्दिवारी महासघका अध्यक्ष हेमराज काफ्लेले बताए ।

Advertisement

नेपाल सरकारले तोकेको लकडाउनको समय सम्म कुनै पनि बहानामा बन भित्र पस्न बन्देज गरिएको छ। केही बन समिति कै मान्छेको मिलेमतोमा तस्कर सग मिलि चोरी निकासी गरिएको पाइएकोले समेत जलथल जङ्गललाई लकडाउन गरिएको वन अभियान्ता बताउछ्न। उता जिल्ला बन डिभिजन कार्यलयले समेत सार्वजनिक सूचना जारी गर्दै झापाका सबै बनलाई लकडाउन गरिएको जनाएको छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)