समाचार
हल्दिबारी संवाददाता १ वर्ष अगाडि

बिर्तामोडमा विद्यालय पोशाकमै मादक पदार्थ सेवन गरी आएका विद्यार्थी, विक्रेता पक्राउ

झापा, २०८१ फागुन २३ । झापाको बिर्तामोड नगरपालिका-३ स्थित महेन्द्र माविमा अध्ययनरत कक्षा ९ का विद्यार्थीहरू विद्यालय पोशाकमै मादक पदार्थ सेवन गरी विद्यालय आएको घटनाले चर्चा पाएको छ।

Advertisement

विद्यालय प्रशासनले घटनाबारे जानकारी पाएपछि इलाका प्रहरी कार्यालय अनारमनीलाई खबर गरिएको थियो। प्रहरी चौकी बिर्ताबजारबाट खटिएको टोलीले विद्यार्थीलाई मादक पदार्थ बिक्री गरेको आरोपमा बिर्तामोड-३ बस्ने ४६ वर्षीय कुमार बस्नेतलाई नियन्त्रणमा लिएको छ।

Advertisement

बस्नेतलाई अभद्र व्यवहार सम्बन्धी कसुरमा म्याद थप गरी अनुसन्धान अघि बढाइएको प्रहरी स्रोतले जनाएको छ। विद्यालय प्रशासन र अभिभावकहरूले घटनाप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन्।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article