समाचार
हल्दिबारी संवाददाता १ वर्ष अगाडि

सरस्वती वडा बाल संजालको प्यानल छलफल सहित पुर्न गठन कार्यक्रम सम्पन्न

सरस्वती वडा बाल संजालले आज शुक्रबारका दिन सुनिश्चित बालमैत्री बानी ब्यहबहार सुखी र समृद्ध कनकाईको आधार नारामा प्यानल छलफल सहित बाल संजाल पुर्न गठन कार्यक्रम सम्पन्न गरेको छ ।

Advertisement

वडा बाल संजालका अध्यक्ष तथा कनकाई नगर बाल संजाल सचिव रिजन तिम्सिनाको अध्यक्षतामा तथा ७ नम्बर वडाका कार्यबाहक वडाध्यक्ष निर्मल आङ्थुप्पोको प्रमुख आतिथ्यतामा भएको सो कार्यक्रममा कनकाई नगर बाल कल्याण अधिकारी उमानाथ ढकाल , बालमैत्री सम्पर्क ब्यक्ती जमुना कट्वाल , ७ नम्बर वडा भित्रको फक्तालुङ एजुकेसन फाउन्डेसन प्रधानाध्यापक ओम बिक्रम नेम्वाङ , भृकुटी माध्यमिक बिधालय ला प्रधानाध्यापक चण्डीका प्रसाद उपाध्याय प्यनलिस्ट रहनुभएको थियो । कार्यक्रममा बालबालिकाहरुले बालमैत्री , बाल अधिकारका क्षेत्रमा विभिन्न जिज्ञासा् राखेका थिए ।

Advertisement

सोहि कार्यक्रममा बाल संजाल अध्यक्ष रिजन तिम्सिनाले अध्यक्षको मन्त्वय राख्दै बालमैत्री स्थानीय शासनको क्रममा वडा बाल संजाल मार्फत भएका कार्यहरु जानकारी गराउदै यस समिती कनकाई नगरपालिका कै उत्कृष्ट बाल संजालकोरुपमा सम्मानित भएको कुरा बताउनुभयो ।

कार्यक्रमका प्रमुख अतिथि आन्थुप्पोले रिजन तिम्सिनाको अध्यक्षतामा गठित समितीले निकै उत्साहित पुर्वक कार्यक्रम संचालन गर्दै क्रियाशिलरुपमा कार्य गरेर ७ नम्बर वडा बाल संजाल पहिलो पटक नगर कै उत्कृष्ट हुन सफल भएको बताउदै वर्तमान समितिलाई धन्यवाद ज्ञापन गर्नुभयो ।
त्यस्तै गरि पुर्न गठन कार्यक्रम मार्फत अम्बिका गोस्वामीको अध्यक्षतामा नयाँ समिती गठन गरिएको छ जसमा उपाध्यक्षमा निरज सुवेदी , सचिव मा बिकास महत्तरा , सहसचिबमा आयुशा बस्नेत , कोषाध्यक्षमा सिखा सेन्चुरी त्यस्तै सदस्यमा क्रमश दिपमला लामिछाने , आरोही पोख्रेल , बिकिसा प्रधान , प्रतिज घिमिरे , कुसुम घिमिरे र स्वोस्तिका ढकाल निर्वाचित भएका छन ।

कार्यक्रममा कार्यबाहक वडाध्यक्ष निर्मल आङ्थुप्पो लिम्बु , बिशिस्ट अतिथीमा बाल कल्याण अधिकारी उमानाथ ढकाल , विशेष अतिथि बालमैत्री सम्पर्क ब्यक्ति जमुना कट्वाल , प्रधानाध्यापक ओम बिक्रम नेम्वाङ , चण्डिका प्रसाद उपाध्याय , नगर बाल संजाल प्रतिनिधि , फक्तालुङ बिधालय बालक्ल्ब का शिक्षक संरक्षक तारा उप्रेती , दुर्गापुर बजार ब्यबस्थापन समिती प्रतिनिधि , विभिन्न संघ संस्थामा आवद्ध प्रतिनिधि , बाल संजाल सस्थापक अध्यक्ष अर्जुन चौधरी तथा कनकाई ७ का १५० बढि बालबालिकाको सहभागी रहेको थियो ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article