समाचार
हल्दिबारी संवाददाता १ वर्ष अगाडि

काठमाडौँमा भूकम्पको धक्का महसुस

काठमाडौँमा भूकम्पको धक्का महसुसशनिबार, २४ फागुन २०८१ (मार्च ८, २०२५) का दिन काठमाडौँमा भूकम्पको धक्का महसुस गरिएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार, यो भूकम्प नेपालमा नभई तिब्बतमा गएको हो।

Advertisement

केन्द्रका अनुसार डि‌ंगे काउन्टीमा २ बजेर ३५ मिनेटमा भूकम्प गएको थियो । यसको तीव्रता ५.९ म्याग्निच्युडको रहेको थियो । भूकम्पको जानकारी राख्ने वेबसाइट ईएमएससी ईयूका अनुसार यसको केन्द्रबिन्दु नेपालको लोबुचेभन्दा ९८ किलोमिटर उत्तरपूर्वमा रहेको थियो ।

Advertisement

यसअघि, पुस २३ गते (जनवरी ७, २०२५) मा तिब्बतको डिंग्री काउन्टीमा ७.१ म्याग्निच्युडको भूकम्प गएको थियो, जसमा करिब ४ सय जनाको मृत्यु भएको थियो भने ३३८ जना घाइते भएका थिए। हालसम्म, आजको भूकम्पबाट नेपालमा कुनै मानवीय वा भौतिक क्षतिको विवरण प्राप्त भएको छैन।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article