समाचार
हल्दिबारी संवाददाता १ वर्ष अगाडि

हल्दिबारी ५ लक्ष्मीनारायण मन्दिरमा आयोजित पुराणको आय व्याय सार्वजनिक

अभिषेक खतिवडा/ २४ फाल्गुन ।हल्दिबारी गाउँपालिका वडा नं-५ मा रहेको लक्ष्मीनारायण मन्दिरमा आयोजित श्रीमद्भागवत महापुराणको आय व्याय आज एक कार्यक्रम आयोजना गरेर सार्वजनिक गरिएको छ ।

Advertisement

पुराण आयोजक समितिका अध्यक्ष च्रक बहादुर बस्नेतको अध्यक्षतामा बसेको बैठकले उक्त आय व्याय सार्वजनिक गरेको हो । आय व्याय सार्वजनिक कार्यक्रममा प्रमुख अतिथि सनातन धर्म सेवा समिति जिल्ला सचिव लक्ष्मी दंगाल , विभिन्न कृर्तन मण्डलीका प्रतिनिधि ,सञ्चारकर्मी ,स्थानीय तथा सरोकारवाला लगायतको उपस्थिति रहेको थियो

Advertisement

फाल्गुन १ गते देखि ०७ गते सम्म पण्डित उदय शास्त्री खनालले वाचन गरेको उक्त पुराणमा संकलित रकमको आय व्याय सार्वजनिक कार्यक्रम आयोजना गर्दै पुराण आयोजक समितिले आज शनिबार हिसाब सार्वजनिक गरेको छ।

पुराणमा विभिन्न शिर्षकबाट गरी कुल ११ लाख ४५ हजार ८ सय १० रुपैया आम्दानी भएको पुराण आयोजक समितिका कोषाध्यक्ष हरि गौतमले जानकारी दिनु भयो । यता पुराणको व्याय तर्फ संचालन खर्च ५ लाख ३५ हजार ७ सय ४१ रुपैया रहेको छ भन्ने बचत ६ लाख १० हजार ६९ रुपैया मन्दिर समितिको मातहतमा रह्ने जानकारी प्रतिवेदनमा उल्लेख गरिएको थियो । पुराण आयोजक समितिले ७ दिनको आम्दानी खर्च सार्वजनिक गर्दै मुल मन्दिर समितिका अध्यक्ष यादब नेपाल लाई आम्दानी खर्चको हिसाब सहित खाता बुझाएको हो ।

कार्यक्रममा विभिन्न क्षेत्रका व्यक्तित्व प्रमुख अतिथि दंगाल ,कृष्ण घिमिरे ,सुनिता रिजाल,यामनाथ गिरी,अग्रज भवानी बजगाई तथा अभिषेक खतिवडाले आय व्याय सवल हिसाबले सार्वजनिक भएको भन्दै मन्दिरको उन्नति प्रगतिको कामना गर्नुभएको थियो।

उक्त कार्यक्रमको औचित्य माथि प्रकाश पार्दै मन्दिर समितिका अध्यक्ष यादब नेपालले स्वागत मन्तव्य राख्नु भएको कार्यक्रमको सञ्चालन एवम सहजीकरण पुराण आयोजक समितिका सचिव केशव बजगाईले गर्नु भएको थियो।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article