समाचार
हल्दिबारी संवाददाता १ वर्ष अगाडि

आगलागीमा घाइते भएका मेचिनगरका बिरेंद्रराजको उपचारका क्रममा मृत्यु

झापा । झापा मेचिनगर-४, आमडाँगीका ५१ वर्षीय बिरेंद्रराज राईको उपचारको क्रममा मृत्यु भएको छ।

Advertisement

मिति २०८१ फागुन ९ गते राति ९:१० बजे राईको घरको पूजा कोठामा विद्युत् सर्ट भई आगलागी भएको थियो। आगो निभाउने क्रममा उनको दुवै हात, खुट्टा र अनुहार जलेको थियो। घाइते राईलाई तत्कालै बिर्तामोडस्थित B&C अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि विराटनगर लगिएको थियो।

Advertisement

मिति २०८१ फागुन २२ गते धरानको घोपा अस्पतालमा उपचारपछि पुनः विराटनगर ल्याइएका राईको मिति २०८१ फागुन २५ गते राति ३:३० बजे विराट नर्सिङ होममा मृत्यु भएको हो। प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको जनाएको छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article