समाचार
हल्दिबारी संवाददाता १ वर्ष अगाडि

झापाको मेचिनगरमा भन्सार छलि गरेर ल्याइँदै गरेको सामान प्रहरी नियन्त्रणमा

झापा, २०८१ फागुन २५ । जिल्ला झापा मेचिनगर नगरपालिका–१० नन्दा पेट्रोल पम्प नजिक इलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको चेकिङ टोलीले भारतबाट अवैध रूपमा भन्सार छलि लुकाइछिपाई नेपालतर्फ ल्याइँदै गरेको विभिन्न कपडा नियन्त्रणमा लिएको छ।

Advertisement

फागुन २५ गते दिउँसो करिब १२:३० बजे गरिएको जाँचका क्रममा निम्न सामग्री बरामद गरिएको छ लेडिज सल – २८० थान, ठुलो हाप्पाईन्ट – १७८ थान, कुर्था सुरुवाल – १५ थान, म्याक्सि – ६ थान, बच्चाको सर्ट – ८ थान, जामा – २६ थान, बच्चाको कट्टु – ३६ थान, ठुलोको सेट वाला हाप्पाईन्ट भेष्ट – ५ थान, बच्चाको सेट वाला हाप्पाईन्ट भेष्ट – १० थान बरामद गरिएका सामानहरूको कुल मूल्य करिब रु. १,१८,९०० (एक लाख अठार हजार नौ सय) रहेको छ।

Advertisement

पक्राउ परेका सामानहरूलाई आवश्यक कानूनी प्रक्रिया पूरा गरी मेची भन्सार कार्यालय, काँकडभिट्टा बुझाइएको प्रहरीले जनाएको छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article