समाचार
हल्दिबारी संवाददाता १ वर्ष अगाडि

कमलका दिर्घकालिन र जनजीबिका बिषयमा योजना मागका लागि संघीय सरकार काठमाडौं छु: अध्यक्ष हुकुम सिंह राई

अभिषेक खतिवडा/ २५ फाल्गुन । कमल गाउँपालिका अध्यक्ष हुकुम सिंह राई केहि दिनका लागि योजना माग गर्ने काठमाडौ रहेको कुरा सामाजिक संजाल मार्फत जानकारी गराएका छन।

Advertisement

कमलका दिर्घकालिन र जनजीबिका बिषयमा योजना मागका लागि संघीय सरकार काठमाडौं आएको उनले जानकारी दिएका हुन् । आफ्नो अनुपस्थितमा कमलका नागरिकलाई पर्ने गएको असुविधा प्रति राईले क्षमा मागेका छन। सगै काहिँ कसलाई केही परेमा राईले फोन मार्फत सम्पर्क हुन सक्ने भन्दै “फोन सम्पर्क अटुट हुने छ” समेत लेखेका छन।

Advertisement

पछीलो समय राईको नेतृत्वमा रहेको कमलको स्थानीय सरकारले निकै नागरिकमुखि र उल्लेखनीय विकासका कार्यहरु गर्दै आएको कमलवासीले बताएका छन।

उनले सामाजिक संजालमा लेखेका छन:-
धाउन्ते खेति।
घोकन्ते बिध्या।।
आकस्मिक रुपमा केहि दिनका लागि कमलका दिर्घकालिन र जनजीबिका बिषयमा योजना मागका लागि संघीय सरकार काठमाडौं आएको छु।

मेरो अनुपस्थितमा यहाँहरु प्रति पर्न गएको समस्या भए क्षमा चाहान्छु।
फोन सम्पर्क अटुट हुने छ।
शुभ बिहानी, यहाँहरुको दिन शुभ रहोस्।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article