समाचार
हल्दिबारी संवाददाता १ वर्ष अगाडि

राप्रपाले काठमाडौं महानगरलाई एक लाख रुपैयाँ जरिवाना बुझायो

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले काठमाडौं महानगरपालिकालाई एक लाख रुपैयाँ जरिवाना बुझाएको छ। सोमबार दिउँसो १ बजे राप्रपाका सचेतक ज्ञानेन्द्र शाहसहितका नेताहरू महानगरको कार्यालयमा पुगेर जरिवाना रकम बुझाएका हुन्।

Advertisement

महानगरपालिकाले आइतबार पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतका क्रममा भएको प्रदर्शनमा फोहोर फैलिएको र भौतिक क्षति पुगेको भन्दै राप्रपालाई जरिवाना तिर्न आदेश दिएको थियो।

Advertisement

सांसद शाहीले सामाजिक सञ्जालमार्फत् महानगरको खातामा एक लाख रुपैयाँ दाखिला गरिसकेको जानकारी दिएका छन्।

यसअघि यस्तै घटनामा नेकपा एमालेलाई पनि महानगरले जरिवाना तोकेको थियो। तर, एमालेले जरिवाना भुक्तानी गर्यो वा गरेन भन्ने विषयमा स्पष्ट जानकारी सार्वजनिक भएको छैन।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article