समाचार
हल्दिबारी संवाददाता १ वर्ष अगाडि

जिल्ला प्रशासन कार्यालय काठमाडौँद्वारा विभिन्न क्षेत्रमा निषेधाज्ञा जारी

काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले सिंहदरबार, नयाँ बानेश्वरसहित विभिन्न क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ। यो निषेधाज्ञा फागुन २५ गतेदेखि लागू हुनेछ।

Advertisement

प्रशासन कार्यालयका अनुसार सिंहदरबार क्षेत्र, संसद् भवन रहेको नयाँ बानेश्वर, राष्ट्रपति कार्यालय वरपर, उपराष्ट्रपति कार्यालय क्षेत्र, साथै प्रधानमन्त्री निवास बालुवाटार आसपास निषेधाज्ञा लागू रहनेछ। निषेधाज्ञा दुई महिनासम्म कायम रहनेछ।

Advertisement

यस अवधिमा ती क्षेत्रमा पाँच जना भन्दा बढी भेला भई नारा जुलुस, धर्ना, घेराउ तथा प्रदर्शन गर्न प्रतिबन्ध लगाइएको छ। प्रशासनले सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै यस्तो कदम चालेको जनाएको छ।

निषेधाज्ञा जारी हुनुको कारण पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतका क्रममा भएको प्रदर्शन रहेको बताइएको छ। पूर्वराजावादीहरुको सक्रियता बढ्दै गएपछि स्थानीय प्रशासनले सुरक्षा व्यवस्थालाई थप कडा बनाउँदै निषेधाज्ञा लागू गर्ने निर्णय गरेको हो।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article