स्वास्थ्य
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

लुम्बिनी प्रादेशिक अस्पतालका ५ चिकित्सक बर्खास्त

कोरोनाको महामारीको संकटमा पनि अस्पताल नजाने चिकित्कहरुलाई प्रदेश ५ ले कारवाही गर्न थालेको छ । लुम्बिनी प्रादेशिक अस्पतालबाट प्रदेशको सामाजिक विकास मन्त्रालयले कारवाही थालेको हो ।

Advertisement

विना सुचना अस्पतालमा उपस्थित नभएका पाँच जना चिकित्सकलाई कारवाही स्वरुप सेवाबाट हटाइएको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका अध्यक्ष सुर्य बहादुर भट्टराईले जानकारि दिए ।

Advertisement

यसरी हटाइनेमा रेडियोलोजी विभागमा कार्यरत डा। बरदान वली र डा तारा प्रसाद शर्मा, इएनटी विभागका डा। प्रकाश न्यौपाने, युरो सर्जन डा। सुवासचन्द्र चौधरी, आकस्मीक विभागमा कार्यरत डा प्रकृति कार्की रहेका छन् । कोरोनाको महामारीको वेलामा पनि सेवामा नखटिने चिकित्सकहरुलाई हटाईएको अस्पतालले जनाएको छ ।

हटाइएकाहरु करारमा नियुक्त भएका चिकित्सकहरु हुन् । कोरोना भाइरसको संकटको बेलामा सेवामा हाजिर नहुने चिकित्सक तथा अन्य स्वास्थ्यकर्मीहरुलाई कारवाही गरिने अस्पतालले जनाएको छ ।

 

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article