समाचार
हल्दिबारी संवाददाता १ वर्ष अगाडि

जंगली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

मोरङ । मोरङ जिल्लाको लेटाङ नगरपालिका–९ बाह्रकोठेमा जंगली हात्तीको आक्रमणबाट एक व्यक्तिको मृत्यु भएको छ। प्रहरीका अनुसार ४२ वर्षीय मनबहादुर लिम्बूको जंगली हात्तीको आक्रमणमा परेर मृत्यु भएको हो।

Advertisement

मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीले दिएको जानकारी अनुसार लिम्बू सोमबार बिहान ८ बजे माछा मार्न भनेर घरबाट निस्किएका थिए। तर, राति अबेरसम्म पनि घर नफर्किएपछि आफन्त तथा परिवारजनले उनको खोजी सुरु गरेका थिए। खोजतलासका क्रममा घरदेखि करिब ५ किलोमिटर दक्षिणमा राति ९ बजेतिर लिम्बूको शव फेला परेको थियो। स्थानीयले प्रहरीलाई घटनाको जानकारी दिएका थिए।

Advertisement

शव देखेलगत्तै खोजीमा निस्किएका व्यक्तिहरूले प्रहरी चौकी जाँतेमा खबर गरे। त्यसपछि जाँते प्रहरी चौकीका इन्चार्ज असई शिवकुमार श्रेष्ठले इलाका प्रहरी कार्यालय लेटाङलाई घटनाबारे जानकारी गराएका थिए। सूचना प्राप्त भएलगत्तै इन्स्पेक्टर राकेश रेग्मीको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेको थियो।

घटनास्थलको प्रारम्भिक अनुसन्धानपछि कानुनी प्रक्रिया पूरा गरी शवलाई पोस्टमार्टमका लागि उर्लाबारीको मंगलबारेस्थित मदन भण्डारी अस्पताल एवं ट्रमा सेन्टर पठाइएको डीएसपी जोशीले जानकारी दिए।

‘प्रारम्भिक अनुसन्धान अनुसार लिम्बूको मृत्यु जंगली हात्तीको आक्रमणबाट भएको देखिन्छ। घटनास्थलमा हात्तीका डोबहरू पाइएका छन्, साथै शव घोप्टो परेको अवस्थामा भेटिएको छ,’ डीएसपी जोशीले भने। घटनास्थल वरपर भुइँ तथा झाडी मडारिएको अवस्थामा भेटिएको प्रहरीको भनाइ छ।

स्थानीयहरूका अनुसार उक्त क्षेत्रमा बेलाबेला जंगली हात्तीहरू देखा पर्ने गरेका छन्। यस घटनाले स्थानीयबासीमा त्रासको माहोल सिर्जना भएको छ। प्रहरीले यस सम्बन्धमा थप अनुसन्धान जारी राखेको जनाएको छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article