समाचार
हल्दिबारी संवाददाता १ वर्ष अगाडि

३ जना युवामाथि खुकुरी प्रहार गरेको आरोपमा बिर्तामोडबाट खालिङ्ग पक्राउ

बिर्तामोड । राष्ट्रिय युवा संघ नेपाल झापाका ईन्चार्ज खगेन्द्रराज आङ्देम्बे (राज) सहित तीन जना युवामाथि सांघातिक आक्रमण गरेको आरोपमा प्रहरीले बिर्तामोडबाट एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा बिर्तामोड–४ बस्ने खगेन्द्र खालिङ्ग रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

Advertisement

डिएसपी एवं जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्र बहादुर खड्काका अनुसार खालिङ्गलाई बिर्तामोडबाट नियन्त्रणमा लिइएको छ। घटनामा संलग्न अन्य व्यक्तिहरूको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।

Advertisement

गत राति हत्या गर्ने योजनासहित भएको आक्रमणमा परेर युवा संघका तीन जना नेता गम्भीर घाइते भएका छन्। घाइतेहरूलाई बिर्तामोडस्थित बीएण्डसी हस्पिटलमा उपचारका लागि भर्ना गरिएको छ। इन्चार्ज आङ्देम्बे आइसियुमा छन् भने विश्वदिप राजवंशी र अजय खवासको अर्थो वार्डमा उपचार भइरहेको छ।

प्रत्यक्षदर्शीहरूका अनुसार राति करिब १ बजे बिर्तामोड–४ निवासी खगेन्द्र खालिङ्गले इन्चार्ज आङ्देम्बेलाई घरमा बोलाएका थिए। चेनगेटमा पुग्ने बित्तिकै खुकुरी प्रहार भएको बताइएको छ। खुकुरी आक्रमणबाट आङ्देम्बेको अनुहारमा गम्भीर चोट लागेको छ भने अन्य दुईजनाको हात र शरीरका विभिन्न भागमा चोट लागेको छ।

त्यसैगरी, अर्का घाइते विश्वदिप राजवंशीलाई भद्रपुर रोडस्थित दरबार रेष्टुरेन्टबाट ओर्लिएपछि मोटरसाइकलमा आएका सोही समूहका चार जनाले आक्रमण गरेको पीडित पक्षले जनाएको छ। घटनाको विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

 

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article