समाचार
हल्दिबारी संवाददाता १ वर्ष अगाडि

डा. दिलिप शर्मा वीर अस्पतालको निर्देशकमा नियुक्त

काठमाडौं । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) अन्तर्गत वीर अस्पतालको नयाँ निर्देशकको रूपमा डा. दिलिप शर्मा नियुक्त भएका छन्। उनी प्रधानमन्त्री केपी शर्मा ओलीका निजी चिकित्सकसमेत हुन्।

Advertisement

न्याम्स ऐन अनुसार उपकुलपति डा. भुपेन्द्र बस्नेतले आइतबार सहकुलपति तथा स्वास्थ्यमन्त्री प्रदीप पौडेललाई निर्देशक पदका लागि तीन जनाको नाम सिफारिस गरेका थिए। सिफारिस सूचीमा डा. दिलिप शर्मा, डा. समाज गौतम र डा. अनुपमा कार्की रहेका थिए। गौतम र कार्कीलाई पछि पार्दै डा. शर्माले निर्देशक पद प्राप्त गरेका हुन्। उनी नेकपा एमाले निकट चिकित्सक मानिन्छन्।

Advertisement

वीर अस्पतालका अघिल्लो निर्देशक डा. सन्तोष पौडेलको दुईवर्षे कार्यकाल गत ४ फागुनमा सकिएपछि डा. समाज गौतमले निमित्त निर्देशकको रूपमा जिम्मेवारी सम्हालिरहेका थिए।

डा. दिलिप शर्माले यसअघि नेपाल मेडिकल काउन्सिलको रजिस्ट्रार तथा चिकित्सा शिक्षा आयोगजस्ता महत्वपूर्ण निकायमा पनि जिम्मेवारी बहन गरिसकेका छन्।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article