समाचार
हल्दिबारी संवाददाता १ वर्ष अगाडि

दमकमा प्रतिबन्धित औषधी सहित ३ जना पक्राउ 

झापाको  दमक नगरपालिका वडा न.६ अनाम टोलबाट अहिले साझ १८:४० बजेको समयमा   प्रतिबन्धित औषधी सहित ३ जना पक्राउ परेका छ्न ।
प्रहरीले  गोप्य सुचनाको आधारमा इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले  स्थानीय  बल बहादुर थापाको घरमा कोठा भाडा लिई बस्ने  बर्ष ३२ को सुरज गुरुङको कोठामा निज सहित  बर्ष १८ को अंकित बहादुर थापा मगर र  छितिज फागो समेतलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
उनीहरुको  शरिर तथा कोठा खानतलासी गर्दा उक्त कोठा भित्र रहेको स्टिलको दराजको सेफ बक्समा लुकाई छिपाई राखेको प्रतिबन्धित औषधी Tramadol Hydrochloride Capsules IP 50 mg लेखेको २६ पत्ता (२६० क्याप्सुल) र SPASPAIN लेखिएको ३५ पत्ता (३५० चक्कि) फेला पारी  ३ जनालाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय दमकबाट थप अनुसन्धान कार्य भइ रहेको प्रहरीले जनाएको छ ।
Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article