समाचार
हल्दिबारी संवाददाता १ वर्ष अगाडि

सिरिसको रुखले किच्दा इलाममा युवकको मृत्यु

इलामको देउमाई नगरपालिका–५ बारुङमा आज दिउँसो करिब १:३० बजे रुखले किच्दा एक युवकको मृत्यु भएको छ।

Advertisement

थिरबहादुर कार्कीले आफ्नै बारीमा रहेको सिरिसको रुख काट्न अन्दाजी २६ वर्षीय प्रेम लिम्बूलाई लगाएका थिए। पेट्रोलबाट चल्ने चेनसह  मेसिन प्रयोग गरी रुख ढाल्ने क्रममा सोही रुखले किचेर लिम्बूको घटनास्थलमै मृत्यु भएको इलाम प्रहरीले जनाएको छ।

Advertisement

वडाध्यक्ष तिलकबहादुर तामाङले जानकारी गराएपछि अस्थायी प्रहरी बिट गजुरमुखीधामबाट टोली खटिएको थियो। घटनास्थल सुरक्षित राख्दै अनुसन्धान तथा कानुनी प्रक्रियाका लागि इलाका प्रहरी कार्यालय मंगलबारेबाट थप प्रहरी टोली पठाइएको प्रहरीले जनाएको छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article