समाचार
हल्दिबारी संवाददाता १ वर्ष अगाडि

मालपोत कार्यालयका दुई कर्मचारी घुससहित नियन्त्रणमा

महोत्तरी – अख्तियार दुरूपयोग अनुसन्धान आयोगले भूमिसुधार तथा मालपोत कार्यालय, महोत्तरीका खरिदार मुन्नु कुमार दास र लेखापढी कानुन व्यवसायी जिवछ महतोलाई ३५ हजार रुपैयाँ घुससहित पक्राउ गरेको छ।

Advertisement

उनीहरूले जग्गाको ट्रायल चेक गरी नक्सा सुधार गर्ने बहानामा सेवाग्राहीसँग घुस माग गरिरहेको सूचनाका आधारमा आयोगको बर्दिवास कार्यालयबाट खटिएको टोलीले रंगेहात पक्राउ गरेको हो। आयोगका प्रवक्ता राजेन्द्र कुमार पौडेलका अनुसार उनीहरूलाई घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिइएको हो।

Advertisement

अख्तियारले उनीहरूविरुद्ध थप अनुसन्धान अघि बढाएको जनाएको छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article