समाचार
हल्दिबारी संवाददाता १ वर्ष अगाडि

नेपाली नक्कली नोटसहित पाँच जना पक्राउ

सर्लाहीको मलङ्गवा नगरपालिका–८, गोरखकाली नाकाबाट नक्कली नोटसहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ परेकाहरू नक्कली नोट बनाउने गिरोहका सदस्य भएको प्रहरीले जनाएको छ।

Advertisement

पक्राउ पर्नेहरूमा महोत्तरीका ४२ वर्षीय खुर्सैद भन्ने सुल्तान मंसुर, रौतहटका ५६ वर्षीय रामनारायण सहनी, सर्लाहीका ४८ वर्षीय दुलार सहनी, ५० वर्षीय रामपृत सहनी, र ३५ वर्षीया सिहानता कुमारी देवी छन्।

Advertisement

उनीहरू भारतबाट मोटरसाइकलमार्फत नेपाल प्रवेश गर्ने क्रममा पक्राउ परेका हुन्। खानतलासी गर्दा उनीहरूको साथबाट नेपाली नक्कली एक हजार दरका नोटहरू राखेर तयार पारिएको १७६ थान नक्कली नोट बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

सर्लाही जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको प्रहरीले जानकारी दिएको छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article