समाचार
हल्दिबारी संवाददाता १ वर्ष अगाडि

नेपाल दूरसंचार प्राधिकरणले टेलिकम कम्पनीलाई एक साताभित्र ५जी अनुमति दिने घोषणा

काठमाडौं । नेपाल दूरसंचार प्राधिकरणले टेलिकम कम्पनीलाई एक साताभित्र ५जी सेवा सञ्चालनको अनुमति दिने घोषणा गरेको छ।

Advertisement

बुधबार नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा प्राधिकरणका अध्यक्ष भुपेन्द्र भण्डारीले टेलिकम कम्पनीले निवेदन दिएको एक साताभित्र ५जी सेवा सञ्चालनको अनुमति दिन सकिने बताए।

Advertisement

हाल नेपालका टेलिकम कम्पनीहरू ५जी सेवाको पूर्वाधार निर्माण गर्न तयार नभएको भन्दै गुनासो उठिरहेको छ। तर, प्राधिकरणले चाहेमा तुरुन्तै अनुमति दिन सकिने स्पष्ट पारेको छ। भण्डारीले भने, ‘एकै पटक देशभर लागू गर्न नसकिएला, तर ८ वटा सहरबाट सुरु गर्न सकिन्छ।’

उनका अनुसार, टेलिकम कम्पनीहरू तयार हुने हो भने नियामकले कुनै अवरोध नगर्नेछ। साथै, ५जी सञ्चालनका लागि आवश्यक २१ मेगाहर्जको फ्रिक्वेन्सी समेत उपलब्ध गराइने जानकारी दिए।

हाल नेपाल टेलिकमले ५जी परीक्षण मात्र गरेको छ, तर व्यावसायिक रूपमा सेवा सञ्चालन गरेको छैन। एनसेलले भने अहिलेसम्म ५जी परीक्षण समेत गरेको छैन। ठूलो पूर्वाधार लगानी आवश्यक पर्ने भएकाले एनसेलले ५जी प्रविधि लागू गर्न हिम्मत नगरेको बताइन्छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article