समाचार
हल्दिबारी संवाददाता १ वर्ष अगाडि

झापाको चारकोशे जंगलमा जंगली हात्ती मृत फेला

फाईल तस्बिर-झापा । झापाको चारकोशे जलथल जंगलमा एउटा जंगली हात्ती मृत अवस्थामा फेला परेको छ। कचनकवल गाउँपालिका–७ स्थित पाथीभरा सामुदायिक वनभित्र उक्त हात्ती मृत भेटिएको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी खगेन्द्र खडकाले जानकारी दिएका छन्।

Advertisement

बुधबार साँझ हात्ती मृत फेला परेको भए पनि त्यस क्षेत्रलाई अन्य ३–४ वटा जंगली हात्तीले घेरिराखेका कारण नजिक पुग्न कठिन भइरहेको डीएसपी खडकाले बताए। डिभिजन वन कार्यालय झापा र प्रहरीको टोली घटनास्थलमा पुगेको छ।

Advertisement

हालसम्म मृतक हात्तीको उमेर, लिंग र मृत्युको कारण खुल्न सकेको छैन। अनुसन्धानपछि थप विवरण आउने जनाइएको छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article