बिचार
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

अस्पतालबाटै डाक्टरहरु बेपत्ता भए भने के हुन्छ सरकार… ? : स्वागत नेपाल

इण्डियाका विभिन्न अस्पतालबाट ७०० को संख्यामा अस्पतालबाटै डाक्टरहरु गायब भएको हिन्दुस्तान टाइम्स लगायतका इण्डियन सञ्चार माध्यममा पढिरहँदा नेपालका पनि डाक्टर र स्वास्थ्यकर्मीहरुको बारेमा झन् दुःख लाग्दो जानकारी आयो ।

Advertisement

सरकारले स्वास्थ्यकर्मीलाई पिपिई लगायत व्यक्तिगत सुरक्षा सामग्री समेत नदिई “बरु मर्नु तर उपचार गर्नु” भन्दै सोझै मृत्युको मुखमा धकेलेर पहिला पिपिई माग गर्ने डाक्टर र स्वास्थ्यकर्मीहरुलाई भविष्यमा समेत अयोग्य ठहरिने गरी लाइसेन्स खारेज गर्ने भनेर काममा लाग्न धम्कीपूर्ण आदेश दिएछ । तर, अहिल्यै मुलुक चलाउन अयोग्य भइसकेका रोबोटहरुको योग्यताको बारेमा चाहिँ के हुन्छ ?

Advertisement

कोमाबाट देश चलाउन खोज्ने विदेशी रोबोटहरुको चाहिँ लाइसेन्सको वैधानिकता के हो ? यस्तै जबरजस्तीले गर्दा इण्डियामा डाक्टरहरु पनि मरेका मर्यै छन् । सरकारी जागीर खाए पनि वा प्राइभेट अस्पतालमै जागीर खाए पनि कर्मचारी तिम्रो नोकर हो ? बरु तिमी चाहिँ नोकर हो जनताको, साँच्चै बुझ्ने हो भने । भ्रष्टाचार गर्न नपाएर डाक्टर र स्वास्थ्यकर्मीहरुका लागि व्यक्तिगत सुरक्षा सामग्री खरिद गर्न समेत नालायक अयोग्यहले पढेर आएका डाक्टरहरुको योग्यताको मापन गर्ने ?

बिना हातहतियार विश्वयुद्ध लडिरहेछन् डाक्टरहरु, उनीहरु पनि मान्छे हुन् तिमीहरुजस्ता विदेशीका रोबोट होइननन् चेतना भया । संसारमा सबैभन्दा अयोग्य मान्छे त्यो हो जोसँग पैसा छ तर चाहिएको बेला खर्च गर्न सक्दैन । चाहिएको सामान खरिद गर्ने निर्णय समेत गर्न सक्तैन । पैसा हुँदाहुँदै सामान किन्न पाउँदा समेत सामान नकिनेर मान्छे मर्नु पर्ने बाध्यतामा पुर्यायो सरकारले । सरकारलाई त लक डाउन छैन नि !

यस्तो बेला डाक्टर स्वास्थ्यकर्मीहरुलाई प्रोत्साहन दिनु पर्नेमा चिकित्सकहरु डा. लोचन कार्की, डा. बद्री रिजाल, डा मुक्तिराम श्रेष्ठ, डा. सुधा शर्मा लगायतले लगभग रुँदैरुँदै मिडिया सामु आइपुगेर विश्व स्वास्थ्य संगठनले तोकेको मापदण्डबमोजिमको आवश्यक सामग्री उपलब्ध नगराई स्वास्थ्यकर्मीको लाइसेन्स खारेज गर्छु भनेकोमा दुःख पोख्नु पर्ने स्थिति आउनु भनेको यी कुशासकको अयोग्यताको प्रमाण हो ।

इटालीमा ५१ जना डाक्टरहरुले ज्यान गुमाइसकेका छन्, इण्डियाका विभिन्न अस्पतालबाटै ७०० डाक्टरहरु वेपत्ता भएका छन् । नेपालमा पनि एकाएक त्यसरी सरकारले जबरजस्ती गर्ने हो भने अस्पतालबाटै डाक्टरहरु बेपत्ता हुन सक्नेछन् । त्यस्तो स्थिति आयो भने भविष्यमा अयोग्य ठहरिने गरी सेवाबाट बर्खास्त गर्नै पर्दैन । सेवालाई नै उनीहरुले आफैँ बर्खास्त गर्न सक्छन् । तिमीले जागीर दिएर उनीहरु डाक्टर बनेका होइनन् पहिला डाक्टर बनेर मात्र तिमीले जागीर दिएको हो । जीवन रहे मात्र डाक्टरले सेवा दिन्छन् । हिम्मतपूर्वक मात्र होइन “स्मार्ट” पूर्वक काम गर्ने बेला हो यो ।

मुर्खतापूर्ण हिम्मतले मात्र काम गर्ने पेशा होइन चिकित्सा भनेको ! ढुंगा मुढा गर्ने, टायर बाल्ने, बुथ लुट्ने मान्छेका टाउका काट्ने आदिजस्तो होइन चिकित्सा भनेको जो मुर्खतापूर्ण हिम्मतले मात्र गर्न सकियोस् । त्यसैले समय छँदै डाक्टर र स्वास्थ्यकर्मीलाई अयोग्य घोषणा गर्छु भन्ने अयोग्यहरुले सोच 

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article