समाचार
हल्दिबारी संवाददाता १ वर्ष अगाडि

झापाको कन्काईमा युवाको आत्मदाह प्रयास, अवस्था गम्भीर

झापा — झापाको कन्काई नगरपालिका-४ को कोटिहिम नजिक एक युवाले पेट्रोल खन्याएर आत्मदाहको प्रयास गरेका छन्। जिल्ला सुनसरी इनरुवा नगरपालिका-९ बलाहका १९ वर्षीय मिकेश चौधरीले बुधबार दिउँसो करिब १२:२५ बजे आत्मदाहको प्रयास गरेका हुन्।

Advertisement

चौधरी बिर्तामोड-४ स्थित एक सोफा हाउसमा काम गर्न आएका थिए। आत्मदाहको प्रयास गरेपछि स्थानीयहरूले तत्काल प्रहरीलाई खबर गरेका थिए। प्रहरीको सहयोगमा उनलाई उद्दार गरी बिर्तामोडस्थित बी एन्ड सी अस्पतालमा उपचारका लागि लगिएको छ।

Advertisement

अस्पताल स्रोतका अनुसार चौधरीको शरीरको करिब ५५ प्रतिशत भाग जलेको छ। उनका दुबै हात, पिसाब थैलीको केही भाग, कम्मर, दुबै कानसहित शरीरका अन्य भागमा गम्भीर चोट पुगेको छ। हाल उनको अवस्था गम्भीर रहेको जनाइएको छ। यस घटनाको कारण खुलेको छैन भने प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article