समाचार
हल्दिबारी संवाददाता १ वर्ष अगाडि

झापा प्रहरीद्वारा होली पर्व सभ्य रूपमा मनाउन १३ बुँदे अपिल जारी

झापा । झापा प्रहरीले होली पर्व मनाउने क्रममा कसैको इच्छाविपरीत रंग नलगाउन तथा सभ्य रूपमा पर्व मनाउन आग्रह गरेको छ। जिल्ला प्रहरी कार्यालय झापाले १३ बुँदे अपिल जारी गर्दै इच्छाविपरीत रंग दल्ने वा फोहोर पानीको लोला हान्ने कार्य गरे कानुनी कारबाही गरिने चेतावनी दिएको छ।

Advertisement

प्रहरीले विशेष रूपमा महिलाहरू तथा अपरिचित व्यक्तिहरूसँग अनुमति विना जबरजस्ती होली नखेल्न आग्रह गरेको छ। साथै, बालबालिकालाई होली खेल्न जबरजस्ती नगर्न, घरको छतबाट लोला हान्ने तथा फोहोर पानी फाल्ने कार्य नगर्न चेतावनी दिइएको छ। प्रहरीले छतबाट लडी घाइते हुने वा मृत्यु समेत हुन सक्ने भन्दै सचेत रहन आग्रह गरेको छ।

Advertisement

होली मनाउने क्रममा मदिरा तथा नशालु पदार्थ सेवन गरी सवारी साधन नचलाउन, भिडभाड नगर्न, तथा मर्यादित रूपमा पर्व मनाउन प्रहरीले अनुरोध गरेको छ। साथै, होली पर्वका बहानामा चोरी, लुटपाट जस्ता घटना हुन सक्ने भएकाले व्यक्तिगत सामान जस्तै मोबाइल, पर्स, गरगहना सुरक्षित राख्न समेत आग्रह गरिएको छ।

यदि गाउँघर वा छरछिमेकमा कुनै अप्रिय घटना भएमा तुरुन्तै प्रहरीलाई जानकारी गराउन समेत जिल्ला प्रहरी कार्यालयले अनुरोध गरेको छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article