समाचार
हल्दिबारी संवाददाता १ वर्ष अगाडि

तराई–मधेश क्षेत्रमा आज होली पर्व मनाइँदै

झापा । मुलुकका पहाडी क्षेत्रमा होली मनाएको भोलिपल्ट आज तराई–मधेशमा होली पर्व उल्लासका साथ मनाइँदैछ।

Advertisement

पुराणअनुसार हिरण्यकश्यपुले आफ्ना भक्त पुत्र प्रह्लादलाई मार्न खोज्दा होलिका स्वयं आगोमा जलेर भष्म भएकी थिइन्। त्यसै घटनाको सम्झनामा परम्परागत रूपमा होली मनाउने चलन रहँदै आएको छ। त्यस्तै, द्वापरयुगमा कंसद्वारा बालक श्रीकृष्णलाई मार्न पठाइएकी पुतना मारिएको खुशीयालीमा व्रजवासीलगायतले फागु उत्सव मनाउन सुरु गरेको धार्मिक विश्वास छ।

Advertisement

तराई–मधेश क्षेत्रमा होली विशेष रमाइलो पर्वका रूपमा मनाइन्छ। यहाँ होलीको अवसरमा जोगिरा गीत गाउने परम्परा छ। आफन्तहरू भेला भएर एकआपसमा रंग दल्ने, अबिर लगाउने, नाचगान गर्ने तथा खुसीयाली साटासाट गर्ने प्रचलन रहँदै आएको छ।

यस अवसरमा विभिन्न स्थानमा होली महोत्सव तथा सांस्कृतिक कार्यक्रमको समेत आयोजना गरिएको छ। सुरक्षा निकायहरूले होलीलाई सुरक्षित र मर्यादित बनाउन विशेष सुरक्षा योजना कार्यान्वयन गरिरहेका छन्।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article