समाचार
हल्दिबारी संवाददाता १ वर्ष अगाडि

झापामा आगलागी: एकतल्ले घर जली नष्ट, लाखौंको क्षति

झापा, चैत्र १ । झापा गाउँपालिका वडा नं. ०४, टाघनडुब्बामा सोम्नी कोचको डेरामा गएराति करिब २१:१५ बजे अचानक आगलागी हुँदा लाखौंको क्षति भएको छ।

Advertisement

बिधुत सर्ट भई लागेको आगलागीले टिनको छानो र काठले बनेको एकतल्ले घर पूर्ण रूपमा जलेर नष्ट भएको छ। आगलागीका कारण घरभित्र रहेको नगद रु. २५,०००, २५ मन धान, चाँदी २५ तोला, सुन २ आनी, एक थान लेडिज साइकल, भाँडाकुँडा लगायतका सामान जलेर करिब रु. २५ लाख बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ।

Advertisement

नेपाल प्रहरी, सशस्त्र प्रहरी, बिर्तामोड र भद्रपुर नगरपालिकाको दमकल तथा स्थानीयबासीको सहयोगमा आगो नियन्त्रणमा लिइएको हो। आगलागी २२:४५ बजे पूर्ण रूपमा नियन्त्रणमा आएको प्रहरी स्रोतले जनाएको छ। मानवीय तथा चौपाय जनधनको क्षति नभए पनि घटनाबारे थप अनुसन्धान भइरहेको छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article