समाचार
हल्दिबारी संवाददाता १ वर्ष अगाडि

हल्दिबारीमा मादक पदार्थ सेवन गरेको ब्यक्तिलाई बचाउन खोज्दा दुर्घटना, हास्दा घाइते

हल्दिबारी ,२ चैत्र । हल्दिबारी गाउँपालिका  वडा नम्बर ४ बाबुलाल टोलमा मोटरसाइकल दुर्घटना हुँदा एकजना घाइते भएका छ्न ।
वार्नाबास हास्दा नाम गरेका व्यक्ति  मे५ प ५३८ नम्बर को मोटरसाइकलमा उत्तरबाट आफ्नो घर हल्दिबारी ५ सोडागान्धी जादै गरेकोमा मादक पदार्थ सेवन गरेको व्यक्ति बिसाल ओली नाके लाई बचाउन खोज्दा दुर्घटनामा परेको स्थानीयले बताएका छ्न ।
घाइते हास्दालाई उपचारको लागी ॐ साहि अस्पताल भदपुर लगिएको  प्रहरीले जनाएको छ ।
हास्दाले मादक पदार्थ सेवन गरेको ओलीलाई बचाउन खोज्दा २० मिटर जति कालोपत्र सडकमा  घिस्रीएको प्रत्येक्ष दर्शीले बताए ।
Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article