समाचार
हल्दिबारी संवाददाता १ वर्ष अगाडि

बिर्तामोड सुधार गृहमा रहेका उमेश राजवंशीको मृत्यु

बिर्तामोड नगरपालिका–५ स्थित पुनरजन्म सुधार गृहमा बस्दै आएका ३७ वर्षीय उमेश राजवंशी अचानक बेहोस भएपछि अस्पताल लगिएको थियो। सुधार गृहका प्रतिनिधिहरूले उनलाई राति नै बी एण्ड सी अस्पताल पुर्‍याए पनि चिकित्सकले जाँच गरेपछि उनलाई मृत घोषित गरेका छन्।

Advertisement

इलाका प्रहरी कार्यालय अनारमनीका अनुसार अस्पतालका कर्मचारीले राति नै प्रहरीलाई घटनाको जानकारी गराएका थिए। सूचना पाएलगत्तै प्रहरी टोलीले अस्पताल र घटनास्थलमा पुगेर अनुसन्धान अघि बढाएको छ।

Advertisement

हाल मृत्युको कारण खुल्न नसकेको र अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article