समाचार
हल्दिबारी संवाददाता १ वर्ष अगाडि

प्रचण्डको फोटो जलाउने राप्रपा नेता नीराजन बम पक्राउ

मकवानपुर प्रहरीले राप्रपा नेता नीराजन बमलाई पक्राउ गरेको छ। चितवन प्रहरीले मकवानपुर प्रहरीको आग्रहमा आज उनलाई पक्राउ गरेको हो।

Advertisement

शनिबार मकवानपुरमा आयोजित राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनको जिल्ला अधिवेशनमा बोल्दै बमले पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को आलोचना गर्दै उनको फोटो जलाएका थिए।

Advertisement

प्रचण्डले बिहीबार सिन्धुपाल्चोकको मेलम्चीमा आयोजित कार्यक्रममा पूर्वराजा ज्ञानेन्द्र शाहलाई ‘मूर्ति चोर’ र ‘भाइमार’ को संज्ञा दिएका थिए। सो अभिव्यक्तिपछि राप्रपालगायत राजावादी समूहहरूले विरोध जनाउँदै आएका छन्।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article