समाचार
हल्दिबारी संवाददाता १ वर्ष अगाडि

झापामा पिकअपको ठक्करबाट घाइते बालकको उपचारका क्रममा मृत्यु

झापा । झापामा दुई दिनअघि पिकअपको ठक्करबाट घाइते भएका बालकको उपचारका क्रममा मृत्यु भएको छ। शिवसताक्षी नगरपालिका–९ का फणीन्द्र खनालका १२ वर्षीय छोरा आदर्श खनालको आइतबार दिउँसो २ बजे बीएण्डसी अस्पताल बिर्तामोडमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

Advertisement

होलीका दिन, चैत १ गते साँझ ५ बजे शिवसताक्षी नगरपालिका–११ दूधे चौकनजिक भित्री सडक खण्डमा दूधेबाट शिवगंजतर्फ जाँदै गरेको प्र १–०१–००१च ८९५० नम्बरको पिकअपले साइकल यात्री आदर्शलाई ठक्कर दिएको थियो।

Advertisement

गम्भीर घाइते बालकलाई तत्काल अस्पताल लगिए पनि उपचारको क्रममा ज्यान गुमाएको हो। दुर्घटनापछि पिकअप चालक फरार भएका थिए। तर, प्रहरीले फरार रहेका चालक शिवसताक्षी–११ निवासी २७ वर्षीय सागर (सिटूँ) पोद्धारलाई नियन्त्रणमा लिएको जनाएको छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article