समाचार
हल्दिबारी संवाददाता १ वर्ष अगाडि

हल्दिबारी ३ मा सिलाई कटाई तालिम सम्पन्न

हल्दिबारी, चैत ३ । हल्दिबारी गाउँपालिका वडा नं-३ ले वडा भित्रका महिलाहरुका लागि सञ्चालन गरेको सिलाई कटाई तालिम सम्पन्न भएको छ। पौष २४ गतेदेखि सुरु गरिएको एक महिने तालिम आज एक विशेष कार्यक्रमका बीच औपचारिक रूपमा समापन गरिएको हो।

Advertisement

महिला सशक्तिकरण कार्यक्रम अन्तर्गत सञ्चालन गरिएको यो तालिमको समापन कार्यक्रमको अध्यक्षता बिष्णु माया तिम्सिनाले गर्नु भएको थियो भने प्रमुख अतिथिको रूपमा वडा अध्यक्ष बिष्णु ओली रहनु भएको थियो। कार्यक्रममा प्रमुख अतिथि ओली, प्रशिक्षक दुर्गा देवी बन, प्रशिक्षार्थी कन्चन मेचे लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो।

Advertisement

वडा भित्रका महिलाहरूलाई आत्मनिर्भर बनाउँदै व्यावसायिक रूपमा सक्षम बनाउनका लागि तालिम सञ्चालन गरिएको संयोजक तिम्सिनाले जानकारी दिनुभएको छ। तालिममा सहभागी महिलाहरुलाई वडा कार्यालयले प्रमाणपत्र प्रदान गरेको छ भने प्रशिक्षक दुर्गा देवी बनलाई कदरपत्र प्रदान गरिएको छ।

महिलाहरूको उत्साहजनक उपस्थितिमा सम्पन्न भएको तालिम समापन कार्यक्रमको सञ्चालन वडा सदस्य अजित कुमार बिष्टले गर्नुभएको थियो।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article