समाचार
हल्दिबारी संवाददाता १ वर्ष अगाडि

हावाहुरीका कारण चन्द्रगढीमा यति एयरलाइन्सको अवतरण संकट, यात्रुहरू त्रसित

झापा । भद्रपुरस्थित चन्द्रगढी विमानस्थलमा तीब्र हावाहुरीका कारण यति एयरलाइन्सको विमान अवतरण गर्न नसक्दा यात्रुहरू त्रसित बनेका छन्।

Advertisement

काठमाडौंबाट दिउँसो २ बजे उडान भर्नुपर्ने एटीआर विमान ढिलो गरी ४:२० बजे चन्द्रगढी विमानस्थल पुगेको थियो। तर, चर्को हावाहुण्डरीका कारण पहिलो प्रयासमा अवतरण गर्न असफल भएपछि करिब १० मिनेटसम्म आकाशमै होल्ड गरिएको थियो। दोस्रो प्रयासमा मात्र विमानले सकुशल अवतरण गर्न सफल भएको चन्द्रगढी विमानस्थलका प्रमुख किशोरकुमार खत्रीले जानकारी दिए।

Advertisement

हावाहुरीले विमानलाई हल्लाइरहँदा यात्रुहरू अत्यन्तै त्रसित बनेका थिए। दोस्रो प्रयासमा अवतरण सम्भव भएपछि कतिपय यात्रुहरू विमानबाट बाहिर निस्कँदै रुन थालेको विमानस्थलका एक कर्मचारीले बताए।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article