समाचार
हल्दिबारी संवाददाता १ वर्ष अगाडि

मध्यरातमा झापाको दमकमा एम्बुलेन्स दुर्घटना, ६ जना घाइते

झापा, दमक । गएराति १२:५५ बजे झापाको दमक नगरपालिका-५ स्थित पूर्वपश्चिम लोकमार्गमा एम्बुलेन्स दुर्घटना हुँदा ६ जना घाइते भएका छन्। बिर्तामोडको मनमोहन मेमोरियल सामुदायिक अस्पतालबाट बिरामी लिएर विराटनगरतर्फ जाँदै गरेको प्र-१–०१–००२ च ०११५ नम्बरको एम्बुलेन्स सडकको डिभाइडरमा ठोक्किँदा दुर्घटना भएको हो।

Advertisement

दुर्घटनामा अर्जुनधारा नगरपालिका-१० का २० वर्षीय विशाल लिम्बू (ढाडमा चोट, अवस्था सामान्य), १९ वर्षीया आरजु राई (टाउकोमा चोट, अवस्था गम्भीर), ५१ वर्षीया मिना लिम्बू (टाउको र हातमा चोट, अवस्था मध्यम), २१ वर्षीय अन्जेश लिम्बू (निधार र ढाडमा चोट, अवस्था मध्यम), ३५ वर्षीय एम्बुलेन्स चालक कमल अधिकारी (मुख र बायाँ तिघ्रामा चोट, अवस्था मध्यम) र २३ वर्षीया वर्षा लिम्बू (घाँटी र ढाडमा चोट, अवस्था मध्यम) घाइते भएका छन्।

Advertisement

सामान्य उपचारपछि घाइतेहरूलाई थप उपचारका लागि बीएण्डसी अस्पताल, बिर्तामोड रेफर गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article