समाचार
हल्दिबारी संवाददाता १ वर्ष अगाडि

एसईईको पहिलो दिन नै अंग्रेजी प्रश्नपत्र आउट

सिरहा, चैत ७ – माध्यमिक शिक्षा परीक्षा (एसईई) को पहिलो दिन नै सिरहामा अंग्रेजी विषयको प्रश्नपत्र आउट भएको छ। सिरहाको गोलबजारस्थित कुनै परीक्षा केन्द्रबाट प्रश्नपत्र बाहिरिएको आशंका गरिएको छ।

Advertisement

परीक्षा मर्यादित बनाउन यस वर्ष परीक्षा केन्द्रहरूमा मोबाइल तथा अन्य चिटिङ गर्ने सामग्रीमा प्रतिबन्ध लगाइएको थियो। तर, पहिलो दिनमै प्रश्नपत्र बाहिरिएपछि राष्ट्रिय परीक्षा बोर्ड आलोचित बन्न पुगेको छ।

Advertisement

परीक्षा सुरु भएको केही समयपछि प्रश्नपत्र बाहिरिएको भए पनि कुन परीक्षा केन्द्रबाट बाहिरिएको हो भन्ने खुल्न सकेको छैन। सिरहा जिल्ला परीक्षा समन्वय समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी बासुदेव दाहालले गोलबजार क्षेत्रका कुनै परीक्षा केन्द्रबाट प्रश्नपत्र बाहिरिएको हुन सक्ने आशंका व्यक्त गरेका छन्।

शब्द एक्सप्रेससँगको फोन संवादमा उनले आफ्नो जिल्लाबाट प्रश्नपत्र बाहिरिन नसक्ने दाबी गरेका छन्। मोबाइल प्रविधिको विकास भएका कारण अन्य जिल्लाबाट भएको घटना पनि सिरहालाई दोषी देखाउन खोजिएको हुन सक्ने उनको भनाइ छ।

उनले आफ्नो जिल्लामा मर्यादित र शान्त वातावरणमा परीक्षा सञ्चालन गराउन दौरा सुरुवालमा सुरक्षाकर्मी परिचालन गरिएको बताए। साथै, उनले स्वयम् पनि एउटा परीक्षा केन्द्रमा अनुगमन तथा निरीक्षण गरेको जानकारी दिए।

परीक्षा कडा बनाइएको हुनाले सिरहामा प्रश्नपत्र आउट भएको भन्दै हल्ला फैलाइएको हुन सक्ने तर्क उनले गरे। यस घटनाबारे थप अनुसन्धान भइरहेको जनाइएको छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article