समाचार
हल्दिबारी संवाददाता १ वर्ष अगाडि

हल्दीबारी गाउँपालिकाको १८ औं गाउँ सभा अधिबेशनबाट पाँच ऎन तथा कार्यविधि पारित

हल्दीबारी, चैत ७ । हल्दीबारी गाउँपालिकाको १८ औं गाउँ सभा अधिवेशन आज बिहीवार सम्पन्न भएको छ। हल्दीबारी गाउँपालिका अध्यक्ष रवीन्द्र प्रसाद लिङ्देनको अध्यक्षतामा सम्पन्न हिउँदे अधिवेशनले विभिन्न ऐन तथा कार्यविधिहरू पारित गरेको छ।

Advertisement

पालिका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर बन (महेन्द्र) ले जानकारी दिनु अनुसार, पालिका प्रवक्ता एवं वडा नम्बर १ का अध्यक्ष देवी बहादुर थापाले प्रस्तुत गरेका पाँच वटा ऐन तथा कार्यविधिहरू सर्वसम्मतले अनुमोदन गर्दै पारित गरिएको छ।

Advertisement

उनका अनुसार, पारित गरिएका ऐन तथा कार्यविधिहरू निम्नानुसार रहेका छन्:

  • गाउँ/नगर प्रहरी (व्यवस्थापन तथा संचालन) सम्बन्धी ऐन २०८१
  • शिक्षक सरुवा सम्बन्धी कार्यविधि २०८१
  • हाट बजार संचालन तथा व्यवस्थापन कार्यविधि २०८१
  • प्राविधिक तथा सीप विकास सम्बन्धी कार्यविधि २०८१
  • उत्कृष्ट कृषक पुरस्कार कार्यविधि २०८१

सभा अधिवेशनमा पालिका उपाध्यक्ष लक्ष्मी देवी मैनालीले बजेट तथा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो। सभाले केही योजनाहरू थपघट गरी कुल बजेटमा कुनै कटौती नगरी पारित गरेको जनाइएको छ।

 

हल्दीबारी गाउँपालिकामा अध्यक्ष/उपाध्यक्षसहित १७ जना प्रतिनिधि राप्रपाबाट निर्वाचित रहेका छन् भने एमालेबाट १ वडा अध्यक्षसहित ६ जना, कांग्रेसबाट १ वडा अध्यक्षसहित २ जना, तथा नेकपा माओवादी केन्द्रबाट १ वडा अध्यक्षसहित ४ जना जनप्रतिनिधिहरू निर्वाचित भएका छन्।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article