समाचार
हल्दिबारी संवाददाता १ वर्ष अगाडि

हल्दिबारीमा हात्तीको आक्रमणबाट मृत्यु भएका भट्टराईको परिवारलाई ५० हजार आर्थिक सहयोग 

हल्दिबारी । हल्दिबारी गाउँपालिका वडा नं-४ मा हात्तीको आक्रमणबाट मृत्यु भएका ७६ बर्षिय भिम प्रसाद भट्टराईको परिवारलाई पालिकाले राहत स्वरुप ५० हजार नगद आर्थिक सहयोग प्रदान गरेको छ ।

Advertisement

पुर्व उपप्रधानमन्त्री मा.राजेन्द्र लिङ्देनले भट्टराईको परिवारलाई उक्त सहयोग रकम हस्तान्तरण गर्नु भएको थियोे । सहयोग रकम हस्तान्तरण गर्न माननीय लिङ्देन ,गाउँपालिका अध्यक्ष रविन्द्र लिङ्देन , उपाध्यक्ष  लक्ष्मी मैनाली वडा अध्यक्ष सन्तु थापा मगर लगायत जनप्रतिनिधि एवं स्थानीयहरु भट्टराईको घरमा पुगेका थिए ।

Advertisement

हल्दिबारी गाउँपालिकाले विपत व्यवस्थापन कोष मार्फत भट्टराईको परिवारलाई ५० हजार सहयोग उपलब्ध गराएको पालिका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर बन( महेन्द्र ) ले जानकारी दिनुभयो ।

भट्टराईको  फाल्गुन १५ गते जलथल जङ्गलमा जंगली हात्तीले आक्रमणबाट मृत्यु भएको थियोे ।उक्त सहयोग हस्तान्तरण कार्यक्रममा पुगेका माननीय लिङ्देनलाई मृतक भट्टराईकि ९६  बर्षिय आमा पार्वता भट्टराईले लिम्बू भाषामा गुनासो पोखेकी थिईन ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article