समाचार
हल्दिबारी संवाददाता १ वर्ष अगाडि

एसइई परीक्षा बिग्रिएपछि इलाममा छात्राको विष सेवन, अस्पतालमा उपचार जारी

इलाम । एसइई परीक्षा बिग्रिएको तनावमा परेकी इलामकी एक छात्राले विष सेवन गरेकी छन्। इलाम माङ्सेबुङ-४ मार्चिबुङ निवासी १८ वर्षीया सन्ध्या राईले पहिलो दिनको परीक्षा दिएपछि हिजो दिउँसो १:३० बजे विष सेवन गरेकी हुन्।

Advertisement

राईले तरकारीमा कीरा मार्ने “नीमिन” नामक विषादी सेवन गरेको प्रहरीले जनाएको छ। विष सेवन गरेपछि उनलाई तत्कालै उपचारका लागि विराटनगरस्थित नोबेल अस्पताल लगिएको छ। हाल उनको अवस्था मध्यम रहेको र बोल्न सक्ने अवस्थामा रहेको प्रहरीले जनाएको छ।

Advertisement

सन्ध्या एसइई परीक्षा दिन चुलाचुली-४ पेल्टीमारीस्थित आफ्नी फुपू मनमाया राईको घरमा बसिरहेकी थिइन्। परीक्षा दिन दुई दिनअघि मात्र फुपूको घर गएकी उनी त्यहीँ विष सेवन गरेको बताइएको छ। यस घटनाले परीक्षाको तनावले विद्यार्थीहरूमा पार्ने प्रभावबारे गम्भीर छलफल आवश्यक रहेको देखाएको छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article