समाचार
हल्दिबारी संवाददाता १ वर्ष अगाडि

लखनउ विमानस्थलमा अवतरण भएको विमानमा एक यात्री मृत फेला

लखनउ, भारत । भारतको उत्तर प्रदेश राज्यको राजधानी लखनउस्थित चौधरी चरण सिंह अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको एक विमानमा शुक्रबार बिहान एक जना यात्री मृत फेला परेका छन्। एयर इन्डियाको फ्लाइट ‘एआई २८४५’ स्थानीय समयअनुसार बिहान ८ः१० बजे अवतरण गरेको थियो।

Advertisement

विमान अवतरण भएपछि चालक दलका सदस्यले सबै यात्रुलाई सिट बेल्ट खोल्न र विमानबाट उत्रन आग्रह गरेका थिए। यसै क्रममा आसिफउल्ला अन्सारी नाम गरेका यात्री आफ्नो सिटबाट नउठेपछि चालक दलका सदस्यले उनलाई बोलाए। कुनै प्रतिक्रिया नआएपछि चिकित्सकलाई बोलाइयो, जसले उनलाई मृत घोषणा गरे।

Advertisement

उनको मृत्युको कारण अझै स्पष्ट नभए पनि यात्राकै क्रममा निधन भएको आशंका गरिएको छ, किनभने उनले आफ्नो सिट बेल्टसमेत खोल्न सकेका थिएनन्।

मृतकको शव परीक्षणका लागि अस्पताल पठाइएको छ, जसपछि मृत्युको वास्तविक कारण खुल्ने प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान जारी रहेको बताइएको छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article