समाचार
हल्दिबारी संवाददाता १ वर्ष अगाडि

सिमली जंगल शंकास्पद रूपमा बसेका छन् १०० भन्दा बढी विदेशी नागरिक, स्थान छोड्न निर्देशन

कैलाली । कैलाली जिल्लाको घोडाघोडी नगरपालिका–९ स्थित सिमली जंगल क्षेत्रमा १८ विभिन्न देशका करिब १०० भन्दा बढी विदेशी नागरिक शंकास्पद तरिकाले बसेको खुलासा भएको छ।

Advertisement

सूचना प्राप्त भएपछि स्थानीय प्रशासनले अनुसन्धान गर्दै जाँदा ती नागरिकहरू “रेन्बो फ्यामिली ग्यादरिङ” नामक समूह अन्तर्गत बसोबास गरिरहेका थिए। ७/८ वर्षका बालबालिकादेखि ४५ वर्ष उमेर समूहका मानिसहरू सम्मिलित रहेको उक्त समूहले बिना कुनै आधिकारिक अनुमति अस्वाभाविक गतिविधि गरिरहेको पाइएको छ।

Advertisement

यस परिस्थितिलाई मध्यनजर गर्दै कैलालीका प्रमुख जिल्ला अधिकारी (सीडीओ) गोगन बहादुर हमालले उनीहरूलाई २४ घण्टाभित्र स्थान छोड्न निर्देशन दिएका छन्। प्रशासनका अनुसार उनीहरूको गतिविधि थप अनुसन्धान भइरहेको छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article