समाचार
हल्दिबारी संवाददाता १ वर्ष अगाडि

झापाको अर्जुनधारामा एक वृद्धाको शौचालयमा लडेर मृत्यु

झापा, अर्जुनधारा । झापाको अर्जुनधारा–१ शान्ति चोकमा एक वृद्धाको शौचालयमा लडेर मृत्यु भएको छ। ७० वर्षीया पदममाया योङहाङ लिम्बू आफ्नै घरको शौचालयभित्र मृत अवस्थामा फेला परेकी हुन्।

Advertisement

घरमा एक्लै बस्दै आएकी ती वृद्धा कुन समयमा लडेकी थिइन् भन्ने यकिन हुन नसकेको भए पनि हिजो साँझ ७:१५ बजे स्थानीयले शौचालयभित्र मृत अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Advertisement

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article