समाचार
हल्दिबारी संवाददाता १ वर्ष अगाडि

इलाममा गोठमा रहेको जिउँदो गोरुको फिला काटेर लगियो: दोषी पत्ता लगाउन माग

इलाम । सूर्योदय नगरपालिका-६ कन्याममा एक किसानको गोठमा बाँधिएको गोरुलाई अमानवीय तरिकाले काटेर लगिएको छ। किसान राम राईको गोठमा रहेको गोरुको फिला काटेर लगिएको घटनाले स्थानीयबासीमा आक्रोश छाएको छ।

Advertisement

स्थानीय स्रोतका अनुसार गोरुको एकपट्टि खुट्टाको फिला हड्डीसम्म खुर्किएर मासु निकालिएको अवस्थामा फेला परेको थियो। यसअघि पनि यही गोरुको फिला काटिएको थियो, जसको घरेलु उपचारपछि निको हुँदै गएको थियो। लामो समयपछि गोरु बिस्तारै तङ्ग्रिँदै थियो, तर फेरि उस्तै तरिकाले फिला काटेर मासु लगिएको देखिएको छ। बिहान गोठमा पुगेका राईले गोरुलाई मृत अवस्थामा फेला पारे।

Advertisement

यसअघि पनि यही किसानको अर्को हल गोरुको फिला काटेर लगिएको थियो, जसका कारण गोरुको मृत्यु भएको थियो। उस्तै प्रकृतिको यो दोस्रो घटना भएकाले स्थानीय किसानहरू त्रासमा छन्।

कृषक राईले उक्त घटनाबारे स्थानीय जनप्रतिनिधि र प्रहरीलाई जानकारी गराई दोषी पहिचान गरी कारबाहीको माग गरेका छन्। तर, अहिलेसम्म कसले यस्तो क्रूर कार्य गरेको हो भन्ने पत्ता लाग्न सकेको छैन।

स्थानीयबासीले यस्तो घटना पुनः नदोहरियोस् भनेर सुरक्षा व्यवस्थालाई थप कडा बनाउन माग गरिरहेका छन्। घटनाबारे अनुसन्धान भइरहेको प्रहरी स्रोतले जनाएको छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article