समाचार
हल्दिबारी संवाददाता १ वर्ष अगाडि

झापाको बाह्रदशीमा मोटरसाइकल दुर्घटना, ३५ वर्षीय विकासको उपचारको क्रममा मृत्यु

झापा, २०८१ चैत ९ । झापाको बाह्रदशी गाउँपालिका-६ नारायण चोक नजिक सवारी दुर्घटनामा गम्भीर घाइते भएका एक व्यक्तिको उपचारका क्रममा मृत्यु भएको छ।

Advertisement

२०८१ चैत २ गते राति करिब १२:४५ बजे चारपानेबाट बिहीबारेतर्फ जाँदै गरेको मे ३ प ६२२६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको थियो। सो दुर्घटनामा परि मोटरसाइकल चालक ३५ वर्षीय विकास भट्टराई गम्भीर घाइते भएका थिए।

Advertisement

गम्भीर चोट लागेका भट्टराईलाई उपचारका लागि B&C अस्पताल बिर्तामोडमा भर्ना गरिएको थियो। तर, उनको २०८१ चैत ९ गते राति ९:२५ बजे मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ। यो घटनाको थप अनुसन्धान भइरहेको प्रहरी प्रशासनले जानकारी दिएको छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article