समाचार
हल्दिबारी संवाददाता १ वर्ष अगाडि

रौतहटमा दुई किशोरीको शव एकै रुखमा फेला, गाउँ शोकमा

रौतहट, चैत १० । रौतहट जिल्लाको फतुवा विजयपुर नगरपालिका–३, मेवा टोलमा शनिबार अपराह्न १२ बजे दुई किशोरी एकै रुखमा पासो लागेको अवस्थामा फेला परेका छन्।

Advertisement

स्थानीय वडाध्यक्ष रामेश्वर यादव तथा गाउँलेहरूले प्रहरीलाई खबर गरेपछि विजयपुर इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक इन्द्र मणि अधिकारी नेतृत्वको टोली घटनास्थलमा पुगेको थियो।

Advertisement

मृतकहरू सोही टोलका १७ वर्षीया पूजा कुमारी पण्डित र १६ वर्षीया कल्पना कुमारी पासवान रहेको खुलेको छ। प्रारम्भिक अनुसन्धानअनुसार दुबै जना खाना खाएर खेततर्फ घुम्न निस्किएका थिए। केही समयपछि उनीहरूलाई एउटै रुखमा पासो लागेको अवस्थामा भेटिएपछि गाउँ शोकमा डुबेको छ।

प्रहरी निरीक्षक अधिकारीका अनुसार घटनाको विस्तृत अनुसन्धान भइरहेको छ। दुबै किशोरीको शव पोस्टमार्टमका लागि गौरस्थित प्रादेशिक अस्पताल पठाइएको छ। तस्विर: समाचार अभियान

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article