समाचार
हल्दिबारी संवाददाता १ वर्ष अगाडि

रौतहटमा एसईईमा धाँधली : चिट चोर्न प्रयोग भएका ४६९ मोबाइल बरामद, २ गार्ड पक्राउ!

रौतहट । रौतहटमा माध्यामिक शिक्षा परीक्षा (एसईई) अन्तर्गत आइतबार सम्पन्न परीक्षामा चिट चोर्न प्रयोग भएका ४६९ वटा मोबाइल फोन बरामद गरिएको छ। जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता प्रहरी नायव उपरीक्षक दीपक कुमार राय का अनुसार जिल्लाका विभिन्न परीक्षा केन्द्रहरूबाट ती मोबाइल बरामद गरिएका हुन्।

Advertisement

उनका अनुसार परीक्षार्थीहरूले मोबाइल फोन शरीरमा लुकाएर परीक्षा हलमा प्रवेश गराएको भए पनि चेकजाँचका क्रममा ती मोबाइल फेला परेका थिए।

Advertisement

यसैबीच, परीक्षा हलभित्र मोबाइल पास गराउने, चिट चोर्न सहयोग गर्ने र उत्तर बोलेर परीक्षाको मर्यादा भंग गर्ने २ जना गार्डहरूलाई समेत नियन्त्रणमा लिई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यसअघि परीक्षा सुरु भएको पहिलो दुई दिनमा मात्रै ७६४ वटा मोबाइल बरामद गरिएको थियो। हालसम्म बरामद गरिएका सबै मोबाइल सेट प्रहरीको नियन्त्रणमा रहेका छन्।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article