समाचार
हल्दिबारी संवाददाता १ वर्ष अगाडि

जुवा खेलिरहेको अवस्थामा लाखौं नगदसहित १६ जना पक्राउ

नुवाकोटको शिवपुरी गाउँपालिका–६ खोले गाउँमा जुवा (कौडा) खेलिरहेको अवस्थामा ३२ वर्षीय सुरेन्द्र तामाङसहित १६ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ।

Advertisement

जिल्ला प्रहरी कार्यालय नुवाकोटबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गर्दै ४ लाख १२ हजार ८ सय रुपैयाँ नगद, ६ बुक तास र ३२ थान कौडा बरामद गरेको छ।

Advertisement

प्रहरीका अनुसार, जुवा खेल्ने गोप्य सूचनाका आधारमा छापा मारिएको थियो। हाल पक्राउ परेकाहरूलाई आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article