समाचार
हल्दिबारी संवाददाता १ वर्ष अगाडि

बाँकेमा पानी ट्यांकरको ठक्करबाट दुई बालकको घटनास्थलमै मृत्यु, स्थानीयद्वारा आगजनी र ढुंगामुढा

बाँके । बाँकेको डुडुवा गाउँपालिकाको बेतहनी चोकमा आइतबार दिउँसो पानी बोक्ने ट्यांकरको ठक्करबाट दुई बालकको मृत्यु भएपछि स्थानीय आक्रोशित बनेका छन्।

Advertisement

दुर्घटनापछि स्थानीयले सोही ट्यांकरमा आगजनी गरेका छन् भने प्रहरी चौकी बेतहनीतर्फ ढुंगामुढा सुरु भएको छ। तनाव बढ्दै गएपछि बाँकेका प्रहरी प्रमुख एसपी तुलबहादुर कार्की आफैँ घटनास्थलतर्फ लाग्नुभएको छ।

Advertisement

बाँकेको निमित्त प्रहरी प्रवक्ता यमबहादुर मल्लका अनुसार दुर्घटनालगत्तै स्थानीयले आक्रोश जनाउँदै प्रदर्शन गरेका थिए। प्रहरीले ट्यांकरका चालकलाई नियन्त्रणमा लिएर प्रहरी चौकी बेतहनीमा ल्याएपछि स्थानीयले त्यहाँ पुगेर ढुंगा हान्न थालेका थिए।

स्थानीयका अनुसार, घटना भए पनि प्रहरी केही ढिला गरी मात्र घटनास्थल पुगेको थियो। त्यसअघि नै आक्रोसित स्थानीयले ट्यांकरमा आगो लगाइसकेका थिए।

हाल घटनास्थलमा सुरक्षा व्यवस्था कडा पारिएको छ भने स्थिति नियन्त्रणमा लिन प्रयास भइरहेको प्रहरीले जनाएको छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article