समाचार
हल्दिबारी संवाददाता १ वर्ष अगाडि

झापाको गौरीगञ्जबाट ब्राउन सुगर सहित एक जना भारतिय नागरिक पक्राउ

झापा, चैत १० । झापा जिल्लाको गौरीगञ्ज गाउँपालिका–१ मा लागुऔषध ओसारपोसार भइरहेको गोप्य सूचनाका आधारमा प्रहरीले आज दिउसो २ बजे एक जनालाई पक्राउ गरेको छ।

Advertisement

इलाका प्रहरी कार्यालय झिलझिलेबाट खटिएको टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेका भारत, किसानगन्ज–२ पलसाह निवासी २३ वर्षीय सलमलाई शंका लागि जाँच गर्दा उनले लुकाइछिपाई ल्याएको प्रतिबन्धित लागुऔषध ब्राउन सुगर फेला परेको थियो।

Advertisement

प्रहरीका अनुसार प्लास्टिक सहित ५.६३ ग्राम तथा प्लास्टिकबाहेक ४.५५ ग्राम ब्राउन सुगर बरामद गरिएको छ। पक्राउ परेका व्यक्तिलाई थप अनुसन्धानका लागि नियन्त्रणमा राखिएको छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article