समाचार
हल्दिबारी संवाददाता १ वर्ष अगाडि

रुखको हाँगा लागेर एक महिलाको मृत्यु

उदयपुर, चैत १० । उदयपुरको त्रियुगा नगरपालिका-१६ सिम्लेमा रुखको हाँगा भाँचिएर लाग्दा एक महिलाको मृत्यु भएको छ।

Advertisement

५२ वर्षीया लैनासरी राई आइतबार बिहान १०:३० बजे घर नजिकैको रुखमा घाँस काट्ने क्रममा अचानक हाँगा भाँचिएर लाग्दा गम्भीर घाइते भएकी थिइन्। घटना लगत्तै उनका श्रीमान् तेज बहादुर राईले उनलाई अचेत अवस्थामा जिल्ला अस्पताल उदयपुर, गाईघाट लगेका थिए।

Advertisement

तर, उपचारकै क्रममा सोमबार बिहान १:२५ बजे उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article