समाचार
हल्दिबारी संवाददाता १ वर्ष अगाडि

इलाममा १३ वर्षीया नाबालिकाको बलात्कार घटना लेनदेन गरी मिलाउन खोज्ने चार जना पक्राउ

इलाम, चैत ११ । इलाममा १३ वर्षीया नाबालिकाको बलात्कार घटना लेनदेन गरी मिलाउन खोज्ने चार जना पक्राउ परेका छन्। इलाम माई नगरपालिका-२ बस्ने २४ वर्षीय केशव गिरी, उनका बुवा ५८ वर्षीय केदारनाथ गिरी, काका ४३ वर्षीय यादव भनिने नारायण गिरी र छिमेकी ३८ वर्षीय पाँचथरे भनिने तुलाधर अर्याललाई प्रहरीले पक्राउ गरेको हो।

Advertisement

प्रहरी निरीक्षक सञ्जीव बोगटीको कमान्डमा खटिएको टोलीले आइतबार उनीहरूलाई लुकिछिपी बसिरहेको अवस्थामा पक्राउ गरेको थियो। उनीहरूलाई जिल्ला अदालत इलामबाट सात दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

Advertisement

गत चैत ६ गते साँझ ६ः३० बजे इलाम माई-२ सितलीस्थित चिया बगानमा माई नगरपालिका-२ बस्ने २४ वर्षीय केशव गिरीले १३ वर्षीया नाबालिकालाई ललाइफकाइ डर त्रासमा पारी बलात्कार गरेका थिए। घटनाको जानकारी प्राप्त हुनासाथ प्रहरी चौकी दानावारीबाट खटिएको टोलीले खोजतलास गर्दा पीडित फरार भएका थिए।

त्यसबीचमा छिमेकी अर्यालले आफ्नो घरमा पीडित पक्षलाई बोलाई तीन लाख रुपैयाँ दिएका थिए। अनुसन्धानको क्रममा उक्त रकम पीडितकी आमाको साथबाट बरामद गरिएको छ। आफूलाई प्रभाव र दबाबमा पारी घटना मिलाउन खोजेको भन्दै पीडितकी आमाले चैत ९ गते जिल्ला प्रहरी कार्यालय इलाममा जाहेरी दिएकी थिइन्। यस घटनामा संलग्न दोषीहरूमाथि कानुनी कारबाही अघि बढाउने प्रहरीले जनाएको छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article