समाचार
हल्दिबारी संवाददाता १ वर्ष अगाडि

बिर्तामोडस्थित पाथीभरा इन्जिनियरिङ कलेज कम्पाउन्डमा एक व्यक्ति मृत फेला

झापा । बिर्तामोडस्थित पाथीभरा इन्जिनियरिङ कलेजको कम्पाउन्डभित्र एक जना व्यक्ति मृत अवस्थामा फेला परेका छन्। कलेज परिसरभित्र क्यान्टिन सञ्चालन गर्दै आएका अर्जुनधारा-११ निवासी ३८ वर्षीय भीष्म पौडेलले झुन्डिएर आत्महत्या गरेका हुन्।

Advertisement

आज बिहान ६ बजे बसपार्कस्थित कलेज कम्पाउन्डभित्रको टिकको रुखमा नाइलनको डोरीले पासो लागेको अवस्थामा उनको शव फेला परेको प्रहरीले जनाएको छ। शवलाई प्रादेशिक अस्पताल भद्रपुरमा पोस्टमार्टमपछि मृतकका पिता देवीप्रसाद पौडेललाई अन्त्येष्टिका लागि बुझाइएको छ।

Advertisement

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article