समाचार
हल्दिबारी संवाददाता १ वर्ष अगाडि

हल्दिबारीमा ७२ वर्षीय वृद्ध झुन्डिएको अवस्थामा मृत फेला

झापा । हल्दिबारी गाउँपालिका–२ मा एक वृद्ध झुन्डिएको अवस्थामा मृत फेला परेका छन्।

Advertisement

पारिवारिक रूपमा राम्रो सम्बन्ध रहेका ७२ वर्षीय बेगदु राजवंशी आफ्नै घरमा झुन्डिएको अवस्थामा फेला परेका हुन्। वडा अध्यक्ष शुकलाल राजवंशीका अनुसार, उनी छिमेकीसमेत रहेका राजवंशीलाई परिवारले आज बेलुकी  ६ बजे मृत अवस्थामा परिवारले भेटेका  थिए।

Advertisement

घटनाबारे जानकारी पाएलगत्तै जिल्ला प्रहरी कार्यालय झापाको अनुसन्धान टोली पुगेको थियो। आवश्यक छानबिनपछि शवलाई पोस्टमार्टमका लागि मेची प्रादेशिक अस्पताल पठाइएको छ।

हालैका वर्षहरूमा हल्दिबारीमा आत्महत्याका घटना बढ्दै गएका छन्। स्थानीय सरकार र सरोकारवालाहरूले यस विषयमा गम्भीर ध्यान दिन आवश्यक देखिएको छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article